ओलीको फुर्ति झार्छु भनेर देउवा सरकारले दाहिने खुट्टाले ब्रेक ठोक्यो: ओली

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ०३


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गरे। ओली फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उनको गुनासो थियो।

‘अलिकति दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन्।अहिले देशमा ग्रहण लागेको छ। धेरै हेर्ने होइन। अशुभ छ। रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ। बजेट आयोजना सबै खतम छ।

क्या बात’, उनले भने, ‘झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो।ल बना बाटो, ओली फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो।’

सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दुस्ख दिने काम गरिरहेको ओलीको आरोप थियो।

‘म त पेसाकर्मी हुँ। कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने। न त्यहाँ न डेरा पाइन्छ। न सवारीसाधन’, उनले भने, ‘कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ। वा लोकतन्त्र।’


प्रतिक्रिया दिनुहोस्