पछिल्लो २४ घण्टामा १,३३० संक्रमित थपिए, १,८३१ निको भए

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ३९


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०२ जना कोभिड–१९ संक्रमित थपिएका छन्।

काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ संक्रमित थपिएका हुन् ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या पाँच हजार ३९३ रहेको छ।


प्रतिक्रिया दिनुहोस्