सर्वोत्तम सिमेन्ट प्रकरण : बोर्ड अध्यक्षमाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : २०


काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रकरणमा भित्रि कारोबारमा संलग्न भएको अभियोगमा निलम्बित धितोपत्र बोर्डका अध्यक्ष भिष्णराज ढुंगाना लगायतमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ।

सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टमा कानून विपरीत अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर खरीद गरेको भेटिएपछि अर्थ मन्त्रालयले यस विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको थियो।

उक्त जाँचबुझ समितिको प्रतिवेदनले सुझाव दिए बमोजिम आवश्यक प्रक्रिया अगाडी बढाइने र यसले आम लगानीकर्ताको हित गर्ने अर्थमन्त्री शर्माले बताए। अध्यक्ष ढुंगाना दोषी देखिए उनी पदमुक्त हुनेछन्।


प्रतिक्रिया दिनुहोस्