२ महिनापछि छुटे राज कुन्द्रा

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : ३९


बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन्।

पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन्।

मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार ५० हजार धरौटीमा कुन्द्राको जमानत स्वीकार गरेको थियो।

दुई महिना पहिला पोर्न फिल्म बनाएको अभियोगमा मुम्बई क्राइम ब्रान्चले उनलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनलाई अर्थर रोड जेलमा राखिएको थियो। मंगलवार दिउँसो उनी रिहा भएका हुन्।

१९ जुलाईमा पक्राउ परेका कुन्द्रामाथि मुम्बई प्रहहरीले आईपीसी, सूचना प्रविधि ऐन र स्त्री अशिष्ट प्रतिनिधि (प्रतिषेध) ऐनअन्तर्गत मुद्दा चलाएको थियो।

अब कुन्द्राले बाहिरै बसेर मुद्दामा कानूनी लडाइँ लड्ने छन् ।


प्रतिक्रिया दिनुहोस्