युरोपेली अदालतले भन्योः अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा रुस दोषी

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : ०७


मानव अधिकारसँग सम्बन्धित युरोपेली अदालतले अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा रुस सरकार दोषी भएको फैसला गरेको छ। लिटभिनेन्को पूर्व रुसी जासूस थिए जो पछि बेलायत भागेर त्यहीको नागरिक बनेका थिए।

सन् २००६ मा उनको पोलोनियम विषका कारण मृत्यु भएको थियो। सन् २०१६ मा रुसी राष्ट्रपति पुटिनकै आदेशमा अलेक्जेन्डरको हत्या भएको बेलायतले आरोप लगाएको थियो।

रुसले भने अलेक्जेन्डरको हत्यामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ। विष घोलिएको पानी पिएपछि उनको मृत्यु भएको थियो।

युरोपको अदालतका अनुसार रुसी अनुसन्धान एजेन्सीसँग सम्बन्धित आन्द्रे लुगोभोइ र दिमित्री कोभटनले अलेकजेन्डरको पानीमा विष हालेका थिए। तर यी दुवैले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।

Putin 'probably' approved murder of ex-KGB agent Litvinenko: UK inquiry -  Newspaper - DAWN.COM

सन् १९९८ मा अलेक्जेन्डरसँगै रूसी संघीय सुरक्षा सेवा एफएसबीमा आवद्ध केहीलाई आफूभन्दा वरिष्ठ अधिकारी कुलिन वर्गका बोरिस बेरेजोभ्स्कीको हत्या गरेको आरोप लागेको थियो।

उनलाई सोही मुद्दामा सन् १९९९ र २००० मा पक्राउ गरिएको थियो। मुद्दा खारेज भएपछि उनी परिवारसँग बेलायत भागे र त्यहीँ शरण मागेर लन्डनमा बस्दै आएका थिए। त्यहाँ उनले बेलायती अनुसन्धान एजेन्सीलाई सहयोग गरे भने उनले पत्रकार र लेखकको रुपमा काम गर्दै आएका थिए।

सन् २००६ मा उनी बेलायतमै अचानक बिरामी परेका थिए। त्यसबेला उनको पानीमा विष हालेको पाइएको थियो। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्