नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ५९


काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक फिलिप्स ग्यारीले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पुजा रानाको स्थानमा विमला विकले हङकङविरुद्ध खेल्ने छिन् । विमलाले फिलिपिन्सविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्युसमेत गरेकी थिइन् ।

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती–११ मा प्रिती राई, सविता राना मगर र विमला चौधरीले अट्याकको भूमिका निभाउने छन् । यस्तै मिडलाइनमा रेनुकासहित, दिपा राई, मन्जली कुमारी योन्जन र सरु लिम्बुलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र विमला विक रहेकी छन् । गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् । यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालको सुरुवाती–११

गोलकिपर– अन्जिला सुब्बा
डिफेन्डर– हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला विक
मिडफिल्डर– रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन
फरवार्ड– प्रिती राई, सबिता राना मगर, विमला चौधरी


प्रतिक्रिया दिनुहोस्