भारतीय सेनाको हेलिकप्टर बिहानै जम्मु–कस्मिरमा दुर्घटनाग्रस्त

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ४०


भारतीय सेनाको चिता नामको एक हेलिकप्टर मंगलबार बिहानै जम्मु–कस्मिर क्षेत्रमा दुर्घटनामा परेको छ।

जम्मुको माथिल्लो क्षेत्र शिवगढ धार नजिकै हेलिकप्टर दुर्घटना भएको बीबीसीहिन्दीले जनाएको छ। यो घटनामा पाइलट र सहपाइलट गम्भीर घाइते भएका छन्।

जम्मुका सेना प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले भनेका छन्,‘मंगलबार बिहानै अभ्यास उडानको दौरान सेनाको हेलिकप्टर उधमपुरको शिवगढ क्षेत्रमा दुर्घटनामा परेको छ।’

उनका अनुसार घाइते दुवैको उपचार भइरहेको छ। भारी वर्षाका कारण हेलिहप्टर दुर्घटना भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्