राजेश हमाललाई महानायक नमान्ने पक्षमा शिव श्रेष्ठ, फेरि सतहमा ‘महानायक–नायिका’ विवाद

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ३२


गतवर्ष नेपाली सिनेक्षेत्रमा ‘महानायक’ को हो भन्ने विषयमा ठूलो विवाद सिर्जना भएको थियो। कलाकारहरु राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भनेर दुई ध्रुवमा नै बाँडिएका थिए।

हाँस्यव्यंग्य कलाकार दिपाश्री निरौंलाले आफूले राजेश हमाललाई महानायक नमान्ने अभिव्यक्ति दिएपछि उनको लामो समय आलोचना भयो। ट्रोलको शिकार बनेपछि उनले रुँदै माफी नै मागेकी थिइन्।

यतिबेला पुनः सिनेक्षेत्रमा ‘महानायक–महानायिका’ विवाद सतहमा आएको छ। सफल मानिएका नायक शिव श्रेष्ठले भुवन केसी नभएको भए नेपाली चलचित्र क्षेत्र जमनामै बन्द भइसक्ने अभिव्यक्ति दिएपछि यो विवाद पुनः सुरु भएको हो।

शिव श्रेष्ठका अनुसार गौरी मल्ल महानायिका हुन भने भुवन केसी महानायक। भुवन केसीलाई महानायक भनेपछि राजेश हमालका फ्यानहरु रुष्ट भएका छन्।

उनले भनेका छन्,‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो।’ उनका अनुसार चलचित्र क्षेत्रको माह्वल बन्नुमा भुवन केसीको ठूलो हात रहेको छ।

‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो। उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो’ उनी भन्छन्,‘आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिए। पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो। आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनु भयो । मेरो छोरा पनि हिरो हो। तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो। आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ।’

यसअघि भुवन केसी र शिव श्रेष्ठले पनि राजेश हमालाई महानायक राजेश नै हो भन्ने गरेका थिए।


प्रतिक्रिया दिनुहोस्