महिलाहरु चाँडै विद्यालय फर्किनेछन्, यो सम्भव छः तालिबान

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ०८


पछिल्लो केही समययता तालिबान सत्तामा आएपछि महिलाहरु विद्यालय तथा विश्व–विद्यालय जान पाइरहेका छैनन्। जसले गर्दा उनीहरु पहिलेजस्तै महिलाप्रति क्रुर भएको विश्लेषण भइरहेको छ।

हालै तालिबानको शिक्षा मन्त्रालयले पुरुषहरुले विद्यालय जान सुरु गर्नुपर्ने भनेर आदेश दिएको थियो। तर महिलाको विषयमा कुनै घोषणा भएको थिएन।

यसबीचमा तालिबानविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहँदा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिलाहरुले विद्यालय र विश्वविद्यालय जान पाउने बताएका छन्।

उनले भनेका छन्,‘हामीले महिला शिक्षाबारे अन्तिम खाका सार्वजनिक गर्दैछौं। जति चाँडो महिलाहरु विद्यालय फर्किनेछन् र यो सम्भव हुन्छ। हामी यो गर्नेछौं।’

मुजाहिदले तालिबानले अन्य केही मन्त्रालय पनि सार्वजनिक गर्ने बताए, यद्यपी यसमा महिला मन्त्रालय पर्नेमा आशंका छ। हालै तालिबानले महिलाको हक र अधिकारसँग सम्बन्धिक महिला मन्त्रालय खारेज गरेको थियो।

महिलाहरु विद्यालय फर्किएको खण्डमा पनि उनीहरुलाई पुरुषसँग एउटै कोठामा राखेर पढाइने छैन। उनीहरु शरीर ढाक्ने कपडा लगाएर विद्यालय जानु पर्नेछ। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्