मौरीको झुण्डले दक्षिण अफ्रिकामा ६३ लोपोन्मुख पेंगुइन मार्‍यो!

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : १३


दक्षिण अफ्रिकामा मौरीको झुण्डले ६३ लोपोन्मुख पेंगुइन मारेको छ।

गत शुक्रबार केप टाउनको सिमोन्सटाउन कोलोनीमा मौरीको झुण्डले दर्जनौं लोपोन्मुख मौरी मारेको सीएनएनले जनाएको छ।

साउथ अफ्रिकन नेसनल पार्कले मौरीले पेंगुइन मारेको पुष्टि गरेको छ। पार्कले एक विज्ञप्तीमा भनेको छ,‘पोस्ट मोर्टम रिपोर्टमा मौरीको टोकाइबाट पेंगुइन मरेको पाइएको छ।’

यसरी लोपोन्मुख प्रजातिका पेंगुइन् मासिनु विश्वकै लागि घाटा भएको पार्कले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्