बहुमतबाट फेरि चुक्यो लिबरल पार्टी तर ट्रुडो सरकारमै रहने

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ००


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचन जितेको छ तर बहुमत ल्याउनबाट भने चुकेको छ। मध्यावधि चुनाव गर्ने ट्रुडोको फैसला उनको लागि ज्यादै फाइदाजनक नदेखिएको हो।

यसवर्षको नतिजा पनि दुई वर्ष अगाडिकै जस्तो देखिएको छ। लिबरल पाटीैले हालसम्म ३३८ मध्ये १५७ सिट जितिसकेको छ। बहुमत ल्याउने १७० सिटको आवश्यकता हुन्छ। जुन लिबरललाई पहिलेजस्तै जित्न मुस्किल देखिएको छ।

लिबरल पार्टीको कडा प्रतिस्पर्धी कन्जर्भेटिभले हालसम्म १२१ सिट जितिसकेको छ। बामपन्थी न्यु डेमोक्रेट्सले २९ सिटमा अग्रता कायम गरेको छ। ब्लक क्युबेकोइसको सिट घटेर २८ मा झरेको छ यस्तै ग्रीन पार्टीले दुई सिटमा जित हात पारेको छ।

यसअघि सन् २०१९ मा पनि बहुमत नहुँदा ट्रुडोको पार्टीले गठबन्धन सरकारको नेतृत्व गरेको थियो। यसपटक पनि ट्रुडोको पार्टी लिबरलले गठबन्धनको सरकार नै नेतृत्व गर्ने देखिएको छ।

ठूलो पार्टी भएको हिसाबले ट्रुडो नै प्रधानमन्त्री बन्नेछन्। उनले बहुमत ल्याएर एकलौटी लिबरल सरकार ल्याउने अपेक्षा गरेका थिए।

विपक्षी पार्टीले यो मध्यावधि निर्वाचनले पहिलेकै परिणाम दिएकाले यो चुनावले देशको बजेट मात्र सकेको भन्दै ट्रुडोको आलोचना गरिरहेको छ। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्