क्यानडाका प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन, उनकै दलले सरकार बनाउने प्रक्षेपण

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ०४


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो क्षेत्रको संसदीय निर्वाचन जितेका छन्। सांसदको रूपमा उनले आफ्नो सिट सुनिश्चित गरेका हुन्।

सीबीसी न्युजका अनुसार उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेका छन्। केहीबेरअघि उनी आफ्नो गृह जिल्ला पुगेका थिए।

क्यानडाका संचार माध्यमले उनको दल लिबरल पार्टीले नै नयाँ सरकार बनाउने प्रक्षेपण गरेका छन्। त्यसो भएमा ट्रुडो पुनः प्रधानमन्त्रीकै रूपमा कायम रहनेछन्।

सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका हुन्। मत परिणाम सार्वजनिक हुन थालेको छ र कन्जर्भेभिटमाथि लिबरल हाबी भएको देखिन थालेको छ। ३३८ सिटका लागि भएको निर्वाचनमा बहुमत ल्याउन १७० सिट जित्नुपर्छ।

कन्जर्भेटिभका नेता एरिन ओ’टुल ट्रुडोको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्। यस निर्वाचनमा कन्जर्भेटिभले लिबरललाई कडा टक्कर दिनसक्छ। यस चुनावमा ६ पार्टी मैदानमा छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्