नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक : संगठन निर्माणदेखि सरकारसम्म एजेण्डा

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ३०


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो । पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ । साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ ।

बैठक बुधबारसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्