बेंग्लोरमाथि कोलकत्ताको सहज जित, आज पञ्जाब र राजस्थान भिड्दै

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : २०


काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सानदार जित निकालेको छ ।

आबुधाबीमा सोमबार राति कोलकत्ताले बेंग्लोरलाई ९ विकेटले पराजित गरेको हो । बेंग्लोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । कोलकत्ताको जितमा सुभमन गिलले ४८ रन बनाए । यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बेंग्लोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । बेंग्लोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भरतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए । कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३र३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले ८ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता पाँचौं स्थानमा उक्लिएको छ । बेंग्लोर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । दुबईमा हुने खेल साँझ ७ः४५ देखि सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्