प्रधानसेनापति शर्मालाई भारतीय सेनापतिले दिए बधाई, भारत भ्रमणको निम्तो

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : २२


काठमाडौं । नवनियुक्त नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय थल सेनाका सेनाअध्यक्ष मुकुन्द नरवणेले कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन्।

सैनिक मुख्यालय स्रोतका अनुसार भारतीय सेनाअध्यक्ष नरवाणे र सिडिएस विपिन रावतले उनलाई प्रधानसेनापतिमा नियुक्त भएकोमा बधाई दिंदै भारत भ्रमणको समेत निम्तो दिएका छन।

प्रधानसेनापति नियुक्त भएलगत्तै टेलिफोनमा बधाई दिएका नरवाणेले सेप्टेम्बर ९ मा औपचारिक पत्र लेख्दै भारत भ्रमणमा बोलाएका हुन।

भारतीय सेनापतिको निमन्त्रणासँगै प्रधानसेनापति शर्माले आगामी नोभेम्बरमा भारतको भ्रमण गर्ने तयारी गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्