पदक थाप्ने हो की भनेर गृहमन्त्रीले मलाई फोन गरे : खगेन्द्र संग्रौला

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ४७


काठमाडौं । लेखक तथा अभियन्ता खगेन्द्र संग्रौलाले आफूलाई गृहमन्त्री बालकृष्ण खाँडले संविधान दिवसका अवसरमा दिइने पदकका लागि अफर गरेको बताएका छन।

संविधान दिवसका अवसरमा सरकारले घोषणा गरेको पदक केही पत्रकारले अस्वीकार गरेको खबर आइरहेका बेला लेखक संग्रौलाले आफूलाई पनि पदक थाप्ने हो की  भनेर सोधेको खुलासा गरेका हुन।

सामाजिक सञ्जालमा मार्फत उनले आफूलाई सोध्नु नै आफ्नो भावना र निष्ठाको सम्मान भएको भन्दै जवाफ फर्काएको बताएका छन।


प्रतिक्रिया दिनुहोस्