उपत्यकामा बर्षा, यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ०४


काठमाडौं । काठमाडौं उपत्यका लगायतका धेरै क्षेत्रमा अहिले बर्षा भइरहेको छ।

भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा परेको हो।

हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थान र अन्य प्रदेशकमा एक दुई स्थानमा बर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ आगामी ३ दिनको मौसम

२०७८ आश्विन ४ गते (सोमबार)

राती : देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।

२०७८ आश्विन ५ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

२०७८ आश्विन ६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहनुको साथै गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारि वर्षाको पनि सम्भावना देखिएकोले उक्त स्थानहरुका पहाडी भू/भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्