एमाले बैठक: अब उपाध्यक्ष ३ जना मात्रै, तीनवटै प्रतिवेदन केन्द्रीय समितिमा लगिने

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ५४


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ।

सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो।

बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संघठन सम्बन्धी प्रश्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्तावमा सुझाव दिएको बताए।

उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने निर्णय गरिएको बताए।

बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको पनि उनले बताए।

प्रचार विभाग प्रमुख भट्टराईले भने,‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ। स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु दिनुभएको छ,विधान संसोधन सम्बन्धी प्रश्ताव,संघठन सम्बन्धी प्रश्ताव,साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्ताव तीन वटै प्रश्तावमा स्थायी कमिटीका कमरेडहरुको सुझावहरु प्रश्तुत भएका छन्, यो सुझावहरुलाई समेटेर यी प्रतिवेदनहरु केन्द्रिय कमिटीको बैठकमा असोजको ८र ९ गते केन्द्रिय कमिटीको बैठक आयोजना हुँदैछ,त्यो बैठकमा प्रश्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रिय कमिटीका साथीहरुको सुझाव लिएपछि ति सुझावहरुलाई समावेश गरेर असोजको १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने गरी प्रतिवेदनहरु स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको छ।’

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए।

उनले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ स्थायी लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताए।

त्यस्तै एमालेमा उपाध्यक्ष तीन जना मात्रै रहने नयाँ व्यवस्था गरिएको छ। यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्