आफ्नै पार्टीका मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : १४


काठमाडौं । आफ्नै पार्टीबाट निर्वाचिन भएका मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन।

बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने नेकपा एमालेका कार्यकर्ता गणेश पंगेनीलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको छ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार दिउसो पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा उनले मुक्का प्रहार गरेका थिए।

पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीका जिल्ला कमिटी सदस्य हुन।

पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ।

उनलाई नियन्त्रयमा लिइसकिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्