गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ०६


काठमाडौं । नेपाली गायन रियालिटी सो ‘गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा, जजमा’को घोषणा भएको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो।

नेपाल आइडलका तीन निर्णायकहरु न्यूह बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा यसमा पनि जजको रुपमा रहने भएका छन्।

कार्यक्रमको सञ्चालन रीमा विश्वकर्मा र मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले संचालन गर्ने छन्।

पहिलो पटक नेपालमा हुन लागिरहेको अन्तर्राष्ट्रिय गायन रियालिटी सोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो। कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन्।

यो रियालिटी सो साताको शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्