कुकुर र आफ्नो लागि पुरै बिजनेस क्लास क्याबिन बुक गरे यी व्यक्तिले!

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ३८


हामीले प्रेम सम्बन्धी धेरै कथाहरु सुनेका छौं तर अहिले जुन कथाको बारेमा भन्न गइरहेका छौं त्यो उत्कृष्टमध्ये एकमा पर्छ होला।

वास्तवमा भारतमा एक व्यक्तिले आफू र आफ्नो कुकुरको लागि एअर इन्डियाको पुरै विजनेस क्लास क्याबिन बुक गरेका हुन्।

गत बुधबार बिहान एअर इन्डियाको एआई–६७१ फ्लाइटमा मुम्बईदेखि चेन्नईसम्मको यात्रामा ती व्यक्तिले पुरै बिजनेस क्याबिन बुक गरेका थिए।

उनले २ लाख ८० हजार भारु तिरेर आफू र आफ्नो साथी कुकुरसँग यात्रा गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

एअर इन्डियाको ए३२० विमानको जे–क्लास क्याबिनमा १२ सिट हुन्छ। मुम्बईदेखि चेन्नई सो विमानमा बिजनेस क्लासमा जान प्रतिटिकट १८ हजारदेखि २० हजार तिर्नुपर्ने हुन्छ।

आफ्नो कुकुरलाई ज्यादै माया गर्ने भएकाले ती व्यक्तिले २ लाख ८० हजार नै खर्च गरेर पुरै क्याबिनको टिकट खरिद गरेको बताइएको छ। एअर इन्डियाका एक कर्मचारीले यात्रुको गोपनियताका कारण उनको नाम भने खुलाएका छैनन्।


प्रतिक्रिया दिनुहोस्