पोर्न चलचित्र बनाएको आरोप लागेका शिल्पाका पति कुन्द्रा जमानतमा छुटे

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ०१


दिल्ली अश्लिल चलचित्र बनाएको आरोप लागेका भारतीय उद्योगपति राज कुन्द्रा जमानतमा छुटेका छन्।

सोमबार ५० हजार जमानत तिरेर उनी र उनका कर्मचारी रायन थोर्पे जमानतमा छुटेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

कुन्द्रा भारतीय चर्चित अभिनेत्री शिल्पा सेट्टीका पति हुन्। शिल्पाले हालसालै आफ्नो बयानमा श्रीमानको धन्दाबारे आफू अनविज्ञ भएको बताएकी थिइन्। उनले आफू व्यस्त भएका कारण श्रीमानको कामबारे थाहा नभएको बताएकी थिइन्।

अनुसन्धान बाँकी रहेकाले उनलाई अदालतले जुनै बेला पनि बोलाउन सक्छ। यसअघि प्रहरीले सरकारले अवैध मानेको पोर्न चलचित्र कुन्द्राले बनाएको आफूसँग पर्याप्त प्रमाण भएको बताएको थियो।


प्रतिक्रिया दिनुहोस्