फाइजरको खोप ५ देखि ११ वर्षका बालबालिकाले लगाउन मिल्ने, प्रभावकारी देखियो

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ४९


अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप ५ देखि ११ वर्षका बालबालिकाले प्रयोग गर्न मिल्ने बताएको छ।

कम्पनीले सोमबार दिएको जानकारी अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाको लागि सुरक्षित र प्रभावकारी देखिएको हो।

बालबालिकाले खोप लगाउनेबारे फाइजरले पहिलोपटक अध्ययन गरेको थियो।

२२ सय ६८ बालबालिकामा यो खोप परीक्षण गर्दा फाइजर सुरक्षित र प्रभावकारी देखिएको हो। पहिलो डोज लगाएको २१ दिनपछि यो खोपको दोस्रो डोज लगाइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिका कोरोनाको जोखिमबाट सुरक्षित छन्। तर उनीहरुले कोरोना भाइरस सार्नसक्ने भएकाले बालबालिकालाई पनि खोप लगाउन जरुरी छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्