प्रेमिकालाई ब्वाइफ्रेन्डको चेतावनीः कोरोना खोप लगायौं भने ब्रेकअप दिन्छु!

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : ०३


कोरोना भाइरसबाट बच्ने एउटै उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउनु हो। विश्वभर खोप कार्यक्रम जारी छन्। वैज्ञानिकहरुले पनि यस भाइरसबाट जोगिन खोप लगाउनु बाहेक अन्य उपाय नभएको बताउँदै आएका छन्।

तर केहीयस्ता अटेरी र दुष्ट व्यक्ति हुन्छन् जो खोपमा विश्वास राख्दैनन्। कोरोना भाइरस अस्तित्वमै नरहेको उनीहरु बताउने गर्दछन्। यसबीचमा बेलायतमा कोरोना खोपसँग सम्बन्धित एउटा रोचक घटना सार्वजनिक भएको छ।

द मिररका अनुसार एक बेलायती युवकले आफ्नी प्रेमिकालाई कोरोनाविरुद्धको खोप लगाएको खण्डमा ब्रेकअप दिने चेतावनी दिएका छन्। युवतीले यो विषय आफ्नो सामाजिक संजालमा सेयर गरेकी हुन्। उनले प्रेमीलाई कसरी सम्झाउने होला भनेर सुझाव मागेकी छिन्।

युवतीका अनुसार उनी र उनका ब्वाइप्रmेन्डबीच लामो समययता सुमधुर सम्बन्ध चलिरहेको छ। युवतीले कोरोनाविरुद्धको पहिलो डोज लगाइसकेकी छिन्। र उनी दोस्रो डोजको पर्खाइमा छिन्।

यद्यपी उनका प्रेमीले दोस्रो डोज खोप नलगाउन भनिरहेका हुन्। खोप लगाएमा प्रेमिकाको स्वास्थ्य अवस्था बिग्रिने ती युवाको भनाइ। पहिलो डोज खोप लगाउँदा पनि प्रेमिका विरामी भएकाले उनले दोस्रो डोज खोप नलगाउन भनेका हुन्। जसका कारण दोस्रो डोज खोप लगाएका आफूले ब्रेकअप दिने उनले प्रेमिकालाई धम्की दिइरहेका छन्।

पूर्ण डोज खोप नलगाएमा युवतीले विद्यालय जान पाउने छैनन्। उनी दोस्रो डोज खोप लगाएर विद्यालय जान चाहन्छिन्। उनी प्रेमीलाई पनि छाड्न चाहन्नन्। उनलाई धेरैले प्रेमीलाई खोपबारे बुझाउन सुभाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्