१,०९५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ५४


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१० हजार ७८६ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन्।

यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो। त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ। जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन्।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस्