नेकपा एकिकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ५०


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो।


प्रतिक्रिया दिनुहोस्