पहिलोपटक दलित समुदायका नेता चरणजीत सिंह बने पञ्जाबका मुख्यमन्त्री

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ०३


चण्डीगढ । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन।

उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएक हुन।

चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए।

काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्