नेप्सेमा ठूलो पहिरोः २७ सयमुनि ओर्लियो बजार, ८ अर्ब बढीको कारोबार

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ०३


काठमाडौं। लगातार तीन दिनको बिदापछि सोमबार खुलेको शेयर बजारमा अत्यन्तै ठूलो गिरावट आएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११३.९८ अंक अर्थात ४.०५ प्रतिशतको गिरावट आएको छ।

ठूलो गिरावट पछि नेप्से परिसुचक आज २७ सयमुनि २६९८.२५ अंकमा बजार बन्द भएको छ।

यसदिन नेप्सेका सबै उपसुचक रातम्य छन भने कारोबारमा आएका ४ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्यमा भारि गिरावट आएको छ।

बजार खुलेसँगै घट्न थालेको नेप्सेमा आज दिनभर ८ अर्ब ३१ करोड माथिको सेयर किनबेच भयो। घट्दो बजारमा लगानीकर्ताहरुले ‘प्यानिक’ हुँदै सेयर बेचेका हुन।

केहि साता अघिसम्म लगाताररुपमा बढीरहेको बजारमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितोकर्जामा कडाई गरेपछि त्यसयता बजार घट्न सुरु गरेको थियो।

यस्तै पछिल्लो समय तरलता अभावका कारणले वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर समेत सेयर बजारमा परेको छ।

लगानीकर्ताहरुले अझ बढी नोक्सान बेहोर्नुपर्ने चिन्ताका कारण बजारबाट बाहिरिन खोज्दा आज पनि ठूलो अंकको गिरावट आएको हो।

यसदिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ।

त्यस्तै, सिइडीबी हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य रू ९ दशमलव ९९ प्रतिशतले घटेको हो।

यो दिन ती कम्पनीहरुको शेयरमा क्रेताभन्दा पनि विक्रेता हावी भएकाले कम्पनीहरुको शेयरमूल्य घटेको हो।

यी हुन आज सबै भन्दा धेरै गुमाउने कम्पनी


प्रतिक्रिया दिनुहोस्