भारत तामिलनाडुमा सरकारी जागिरमा महिलालाई ४० प्रतिशत आरक्षण

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ०३


भारतको तामिलनाडु राज्यमा सरकारी जागिरमा महिलालाई ४० प्रतिशत आरक्षण तोकिएको छ। यसअघिको ३० प्रतिशत आरक्षणलाई १३ सेप्टेम्बरमा सरकारले बढाएर ४० प्रतिशत पुर्याएको हो।

सरकारी कार्यालयमा महिलाको सहभागिता उल्लेख्य रुपमा सनिश्चित गर्न यस्तो कदम चालिएको बताइएको छ। द एसोसिएसन अफ ब्याकवार्ड क्लास वर्कर्सले महिला आरक्षण समयको माग हो भनेको छ।

पुरुषहरुले भने ४० प्रतिशत आरक्षणले योग्य पुरुषहरु पछाडि पर्ने भन्दै विरोध गरेका छन्। ३० प्रतिशत आरक्षणबाट पनि महिलाहरुले लाभ लिइरहेको समयमा आरक्षण ४० प्रतिशत पुर्याइँदा आफूहरु अन्यायमा परेको उनीहरुको भनाइ छ। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्