काठमाडौं । नेपालमा गाँजा खेतीलाई बैधानिकता दिन माग गर्दै अभियान चलाइरहेका अभियन्ता राजीव काफ्ले अहिले प्रहरीले हिरासतमा छन।
गाँजा राखेको आरोपमा काफ्लेलाई प्रहरीले २ साता अगाडि पक्राउ गरेको थियो।
काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको छ।
अभियन्ता काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा गाँजावादी समूहले सोमबार प्रदर्शन गरेको हो।
‘गाँजावादी एक हौं’ भन्ने ब्यानरमा उनीहरुले प्रदर्शन गरेका हुन्।
नेपाल गाँजा वैधानिक महाअभियानका नाममा प्रदर्शन गरेका उनीहरुले गाँजा अभियन्ता काफ्लेको तत्काल रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पछिल्लो समय नेपालमा गाँजालाई वैधानिकता दिने–नदिनेबारे बहस भइरहेको छ।