रुसको परम शहरमा रहेको एउटा विश्वविद्यालयमा सोमबार गोलाबारी भएको छ। यो घटनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बीबीसीका अनुसार प्रहरीले जवाफी कारवाही गर्दा आक्रमणकारी पनि घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति विश्वविद्यालय घुसेका थिए र अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
आक्रमणकारीले गोली चलाउन थालेपछि विद्यार्थी र शिक्षकहरुले ढोका लगाएर ज्यान जोगाएका थिए।
Очевидцы сообщают о стрельбе в Пермском государственном университете. Студенты покидают здание через окна. pic.twitter.com/TFDpTR0rGV
— РЕН ТВ | Новости (@rentvchannel) September 20, 2021
सार्वजनिक भिडिओअनुसार त्यहाँ रहेका केही विद्यार्थीहरुले ज्यान जोगाउन झ्यालबाट हाम फालेका थिए।