पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई पीडितले गरे मुक्का प्रहार (भिडियो)

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : २०


काठमाडौं । पहिरोको अवलोकनका लागि पुगेका लागि ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानियले हातपात गरेका छन् । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।

हेर्नुहोस भिडियो


प्रतिक्रिया दिनुहोस्