आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा हुने

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २९


काठमाडौं । आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने छ ।


प्रतिक्रिया दिनुहोस्