सब्स्टीट्युट गर्दा मेस्सी रिसाए, कोच भन्छन्ः मेरो काम खेलाडी व्यवस्थापन गर्ने हो

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ४२


अर्जेन्टिनी स्टार लियोनल मेस्सी पीएसजीमा अनुबन्ध भएपछि उनले च्याम्पियन्स लिग र लिग वानका केही खेलहरु खेलिसकेका छन्। यद्यपी उनले हालसम्म गोल गर्न सकेका छैनन्।

आइतबार राति लिग वानमा पीएसजी र लियोनबीच खेल हुँदा पनि मेस्सीले गोल गर्न सकेनन्। यद्यपी उनले केही राम्रो प्रयास भने गरेका थिए। पीएसजीले खेल २–१ ले जित्दा मेस्सीलाई ७५ औं मिनेटमा सब्सटीट्युट गर्नु परेको थियो।

तर यो निर्णयबाट मेस्सी खुशी भएनन्, उनले आफ्नो कोच माउरीसियो पोचेटिनोलाई रिसाएर हेरेको तस्बिर यतिबेला भाइरल भइरहेका छन्। यसबीचमा कोच पोचेटिनोले मेस्सीलाई प्रतिस्थापन गर्नुको कारण खुलाएका छन्।

उनको अनुसार प्रशिक्षकको काम खेल र खेलाडी व्यवस्थापन गर्नु हो। उनले भनेका छन्,‘प्रशिक्षक खेल र खेलाडी व्यवस्थापन गर्नको लागि हो। मैले मेस्सी घाइते नहुन् भनेर उनलाई प्रतिस्थापन गरेका हुँ। आगामी दिनमा महत्वपूर्ण खेलहरु हुँदैछन् र मैले उनलाई सो खेलको लागि जोगाउन निकाले।’

आफूले गरेका निर्णयहरु सम्पूर्ण टिमको लागि भएको उनको भनाइ छ। धेरै राम्रा खेलाडी टोलीमा हुँदा पनि सबैलाई स्थान दिन सब्स्टीट्युट गर्नुपर्ने उनको भनाइ छ। मार्का र गोल डटकमको सहयोगमा


प्रतिक्रिया दिनुहोस्