पोखरीमा चार वर्षीय छोरासहित आमाको शव फेला

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ०४


जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा सोमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेको छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया श्रमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हो ।

सोमबार स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का बनाई शवलाई पोस्टमार्टमको लागि लागि जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा पठाउने तयारी गरिरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।

स्थानीयका अनुसार घरायसी विवादका कारण अर्चानाले छोरालाई लिएर पोखरीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको उपरीक्षक भाटले बताए ।उनले भने, ‘के कारणले घटना भएको अहिले खुलेको छैन । चाडै नै घटनाबारे सार्वजनिक हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्