राष्ट्रिय टिमसँगै बेंगलोरको पनि कप्तानी छाड्दै विराट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : २७


काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार यस सिजनको आईपीएल समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् । कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् । कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ ।

कोहलीले गत साता भारतको टी–ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए । कोहलीले युएई र ओमानमा आयोजना हुने टी–ट्वान्टी विश्वकपपछि आफु टी–ट्वान्टीको कप्तान नहुने बताएका छन् । कोहलीले यस अघि भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्