काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो लेगमा चेन्नाई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।
दुबईमा आइतबार राति चेन्नाईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो । चेन्नाईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए । चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चहरले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नाईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २र२ विकेट लिए ।
यस जितसँगै चेन्नाईले ८ खेलमा १२ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकत्ता नाइट राइडर्सबीच खेल हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि अबुधाबीमा हुनेछ ।