राष्ट्र संघले अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : २५


संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ।

गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताएका हुन।

अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले बताउ।

मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्