काठमाडौं । कमेडी च्याम्पियन सिजन-२ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेका छन।
गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका छन।
भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिएका थिए।
आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताएका छन।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गरे।
आफ्नै जिल्लावासी युवा शनिबार भएको फाइनलमा कमेडी च्याम्पियन सिजन-२ को विजेता घोषणा भएपछि भरतमणिलाई लगत्तै योगेशले ट्विट गर्दै बधाई समेत दिएका थिए।
उनले भरतमणीको जितले नेपाली हाँस्य कलाकारितामा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका थिए।
नेता भट्टराई सुरुदेखि नै भरतमणीलाई जिताउन भोट माग्न व्यस्त थिए।
बिजेता भरतमणीका साथै उत्कृष्ट बिक्की अनि सन्तोषलाई धेरै धेरै बधाई र शुभकामना ।
नयाँ र सशक्त पुस्ताको उदय भएको छ, नेपाली हास्य कलाकारीता बिधामा खुशी ब्यक्त गर्दछु । pic.twitter.com/ypShIjJUHf— Yogesh Bhattarai (@yogesbhattarai) September 18, 2021