सन्दीप र करण चम्किँदा नेपाललाई ओमानले दियो १२२ रनको टार्गेट

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : २१


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १२१ रन बनायो।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए। यस्तै, जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।

कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए।

लिग-२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्