संविधान दिवसमा लोसपाको विरोध प्रदर्शन, बाबुरामको पार्टी

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ३२


जनकपुरधाम । देशभरि ३ असोजमा संविधान दिवस मनाइरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भने आज संविधान दिवसलाई कालो दिनका रूपमा लिएको छ।

मधेसी जनताको हक, अधिकार तथा भावनाविपरीत आएको संविधान संशोधन नभएसम्म लोसपाले संविधान दिवसलाई अवसरमा कालो दिनका रूपमा लिने निर्णय गरेको छ । मधेसी जनताको रक्तपातबाटर आएको संविधान आफूहरूलाई मान्य नहुने भन्दै लोसपाले आइतबार मधेसका जिल्लाहरूका सदुरमुकाममा प्रदर्शन गरेको छ।

लोसपाका नेता तथा कार्यकताहरूले ‘आशिन तीन कारी दिन’ लेखिएका ब्यानरसहित जनकपुर बजारमा प्रदर्शन गरेका छन्।

स्थानीय जनकचोकबाट निकालिएको विरोध जुलुस शिवचोक, भानुचोक, कमदचोक, शिवचोक हुदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा लोसपाका नेताहरूले संविधानलाई संशोधन गरी मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका सामुदायलाई जनसंख्या र समावेशी अधिकार संविधानमा सुनिश्चत नभएसम्म आफूहरूले यस संविधानलाई स्वीकार नगर्ने धारणा राखेका थिए।

यता, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ।

संविधानभित्रै रहेर सरकारको नेतृत्व गरिरहेको तर त्यसभित्र रहेका त्रुटिहरू नसच्चिएसम्म संविधान दिवस नमनाउने जसपाका नेताहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्