एमाले होइन, बा पार्टी राख्नुहोस्: मन्त्री थापा

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ३०


जाजरकोट । नेकपा एमाले बाको दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमर थापाले बताएका छन।

नेकपा (एकीकृत समाजवादी)को जाजरकोट भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

पुँजीवादमा रूपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत उनले आरोप लगाए । संघीयता र धर्मनिपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयताविरोधी रहेको उनको भनाइ थियो ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यक्ति नेकपा एमाले पार्टीसँग आवद्ध भएमा पुरस्कृत हुने गरेको उनले बताए ।

नेकपा एमाले नामभन्दा बा माथि भएकाले एमालेलाई बा पार्टी नाम राख्न भन्दै उनले व्यंग्य पनि गरे ।

 


प्रतिक्रिया दिनुहोस्