काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजारको परीक्षण गर्दा ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।
थप एक हजार ४ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन्।
योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २ सय १३ जना पुगेको छ।
देशभर २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित छन।
३ सय ९० जनाको आइसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
आज संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। पछिल्लो पटक २१ हजार ३ सय ६० जनाले कोरोनाविरुद्धको खोज लगाएका छन।