काठमाडौं । डिप्रोस लघुवित्तले घोषणा गरेको २१ प्रतिशत लभाशंका लागि बुकक्लोज मिति तोकिएको छ।
सो संस्थाले लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीको बार्षिक साधारण सभा बोलाएको छ।
लघुवित्तको साधारण सभा असोज २३ गते चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुँदै छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार असोज ११ गतेसम्म कायम सेयरधनीले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन्।