अफगानिस्तानमा श्रृंखलाबद्ध विस्फोटः कम्तिमा ७ जनाको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : ०१


काबुल । अफगानिस्तानको पूर्वी शहर जलालावादमा श्रृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् । अलजजिराका अनुसार राजधानी काबुल र जलालावादमा भएको विस्फोटबाट ३० जना बढी घाइते भएका छन् ।

तालिबानले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावादमा कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा विस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुईजना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्