बिष्णु माझी, अनमोल केसी र केकी अधिकारीलाई पनि विभूषित गरिने (सूची)

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ५३


काठमाडौं । सरकारले कलाकारिता क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने  भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पारेर कलाकारिता क्षेत्रका योगदान पुर्‍याएबापत मान-पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन।

सरकारले स्वरसम्राट नारायणगोपाललाई मरणोपरान्त महाउज्वल राष्ट्रदीपको घोषणा भएको छ।

यस्तै, भजन शिरोमणी भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल, स्वर्गिय गायिका रानुदेवी अधिकारीलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । संगीतकार शम्भुजित बाँस्कोटालाई किर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

यसैगरि नायक अनमोल केसी, प्रकाश सपुत, विष्णु माझी, केकी अधिकारी लगायतलाई विभूषित हुने भएका छन।

यस्तो छ विभूषित हुने कलाकारको सूची

प्रबल जनसेवाश्रीः

रमेश बुढाथोकी, कलाकार
दीपाश्री निरौला, कलाकार
हेमन्त बुढाथोकी, कलाकार
चन्द्रप्रसाद शर्मा, दाहोरी गायक
कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
देविका प्रधान, गायिका
विष्णु माझी, लोकगायिका
नवल खड्का, चलचित्र कलाकार
प्रकाश घिमिरे, कलाकार
कस्तुप पन्त, संगीतकार

जनसेवाश्रीः

हेमन्त शर्मा, गायक
प्रकाश सपुत, गायक
केकी अधिकारी, कलाकार
अनमोल केसी, कलाकार
मिलन चाम्स, निर्देशक
अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
शिवशंकर रिजाल जोगिन्दर, कलाकार
तेरिया मगर, नृत्यांगना
राजकुमार राई, फिल्म निर्माता
रञ्जु झा, मैथिली कलाकार
राधिका हमाल, कलाकार


प्रतिक्रिया दिनुहोस्