गीत छायांकन सेटमै हाँस्यकलाकार रमेश केसीको निधन

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ४८


काठमाडौं । वरिष्ठ हाँस्यकलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ। केसीको आइतबार बिहान छायांकन सेटमै निधन भएको हो।

आइतबार बिहान हर्केहल्दार टिमले निर्माण गर्न लागेको एक भिडियो छायांनका लागि सुटिङ स्थलमा पुगेका थिए।

आफैंले मोटरसाइकल चलाएर छायांकन स्थलमा पुगेका केसी छायांकनका क्रममा बेहोस भएका थिए। ६९ वर्षीय केसीलाई त्यसलगत्तै गंगालाल हृदय केन्द्र पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको हो।

नाटकबाट अभिनययात्रा थालेका केसीले ‘यमपुरीमा जिउँदो मान्छे’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘मुनामदन’, ‘पृथ्वीनारायण’ लगायतका नाटमा अभिनय गरेका छन्। उनले ‘जे भो राम्रै भो’, ‘रहर, ‘लोभी पापी’, ‘चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्।

यस्तै कलाकार केसीले ‘हर्के हवल्दार’, ‘तितो सत्य’, ‘अब अती भो’, ‘च्वास्स चुस्स’, ‘आफ्नै कथा’, ‘एकादेशको चुरीफुरी’, ‘लक्ष्मी’ र ‘आम्मै’ लगायतका टेलिसिरियलमा अभिनय गरेका छन्।

आइतबार बिहान हर्केहल्दार टिमले निर्माण गर्न लागेको एक भिडियो छायांनका लागि सुटिङ स्थलमा पुगेका थिए ।

केसीको निधनमा नेपाल कलाकार संघ तथा शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन।

 


प्रतिक्रिया दिनुहोस्