सातौँ संविधान दिवस : टुँडिखेलमा सेनाको परेड र परेवा उडाएर मनाइयो (फोटोफिचर)

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : २२


काठमाडौं । देशभर आज विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर सातौँ संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी थिइन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए।

नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर बोकेको थियो भने पुष्पवृष्टि पनि गरेको थियो।


प्रतिक्रिया दिनुहोस्