कमेडी च्याम्पियन सिजन-२ को विजेता बने भरतमणि पौडेल

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०२


काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेलले पछिल्लो समय चर्चामा रहेको  रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्।

शनिबार राति भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै उनी सिजन-२ को विजेता बनेका हुन।

सिक्किमका विक्की फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए। जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।

टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन्।

दोस्रो घोषित भएका भारत सिक्किमका विक्की अग्रवालले मोटरसाइकल पाएका छन। यस्तै गोरखाका सन्तोषले तेस्रो भएर स्कुटर जितेका छन्।


प्रतिक्रिया दिनुहोस्