ओलीले फोन गरेको स्क्रिनसट सार्वजनिक गरेकी नायिका करिष्मा विवादमा!

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ३८


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई परीक्षा कस्तो हुँदै छ भनेर फोन गरेको भन्दै स्क्रिनसट सार्वजनिक गरेकी करिष्मा मानन्धर विवादमा तानिएकी छन।

नायिका मानन्धरले आफूलाई केपी ओलीले फोन गरेको भन्दै कल डिटेल सहित स्क्रिनसट नै सार्वजनिक गरेकी थिइन्। तर, सामाजिक सञ्जालमा सार्वजनिक स्क्रिनसट हेर्दा ओलीले नभई करिष्मालेनै फोन गरेको देखिने भन्दै धेरैले आलोचना गरिरहेका छन। सो स्क्रिनसटबारे आलोचना भएपछि करिष्माले सो स्क्रिनसट नै आफ्नो पोष्टबाट हटाएकी छिन्।

करिष्माले फेसबुक पोष्टबाट स्क्रिनसट हटाएपछि धेरेले आलोचना गरिरहँदा नायिका मनन्धनरले फेरि पनि आफूले नभई अध्यक्ष ओलीले नै फोन गरेको स्पष्टीकरण दिएकी छन्।

उनले भनेकी छन, ‘मैले होइन् ओलीज्यूले नै पहिला फोन गर्नुभएको हो’

आउटगोइङ कल कसरी देखियो भन्नेबारे आफू अचम्मित रहेको उनको भनाई छ।

उनले स्क्रिनसट फोटो हटाए पनि स्टाटस भने हटाएकी छैनन्।

यो पनि पढ्नुहोस्

करिष्मा मानन्धरलाई केपी ओलीको फोन: परीक्षा कस्तो भइरहेको छ?


प्रतिक्रिया दिनुहोस्